लेखक: सुबिन भट्टराई
प्रकाशक: फाइनप्रिन्ट आइएनसी, धुम्बाराही, काठमाडौं, मंसिर २०६९,
पेज: २४७
समिक्षक: दिनेश सापकोटा ।

आधुनिक नेपाली समाजका युवायुवतीहरु बीचको प्रेम प्रसंङ्ग र विद्ययमान जातिय रुढिबादी परम्पराका कारण त्यस सम्बन्धमा आउने बिचलनलाई कलात्मक रुपमा लेखक सुबिन भट्टराइले यस कृति मार्फत पस्कन खोजेका छन् । नेपाली आख्यानको क्षेत्रमा ‘कथाकी पात्र’ पछिको उनको यो दोस्रो कृति हो । युवा आख्यानकार भट्टराइको यो जोडदार प्रस्तुतीले पाठकको मन जित्न सफल भएको छ र हुने पनि देखिन्छ ।
“कौतुहल पनि एउटा निश्चत समय अवधिसम्म राम्रो रै’छ । एउटा सानो अवधिसम्म यसले समाइलो दिदा“े रहेछ । होइन भने पछि त त्यो थुक्ने बेलाको चुइङ्गम हुन के बेर ?” कथालाई यसरी एउटा मोडबाट अर्को मोडमा फड्काउन सक्ने लेखकको शैलीले पढ्ने उत्सुकताका कुनै कमी आउन दिदै“न । कथा कुनै पनि क्षणमा अप्राकृतिक या भनौं अपत्यारिलो तवरले फड्को नमारी सलल बगीरहन्छ, अन्त्य सम्म नै । “…दुःख ? यसमा कुनै शंका छैन कि मान्छे संसारको सबै भन्दा दुःखी पनि आफै भएको प्रमाणित गर्न खोज्छ ।” यस्ता प्रकारका यथार्थवादी तर दार्शनिक वाक्यहरुले लेखकमा हुनु पर्ने एक प्रकारको क्षमतालाई प्रष्ट पार्दछन् ।
पात्रहरुको मनोविज्ञानलाई दार्शनिक र सांकेतिक रुपमा अभिव्यक्त गर्न नसकेता पनि कथामा यौन मनोकांक्षालाई प्रवेश गराउन खोजिएको छ जुन पढ्ने क्रममा उपयुक्त पनि लाग्दछ । प्रमुख पात्रहरु अतित र सायाबीच वर्ग, पृष्ठभूमी तथा भूगोलले उत्पन्न गर्ने चुनौतीहरुलाई लुप्त राख्दै संस्कार र परम्परालाई ठाउ“ठाउ“मा प्रष्ट अनुभव गर्ने गरि व्याख्या गरिएको छ । शब्दहरुलाई आफ्नो काबुमा राख्न सक्ने लेखकको खुबीलाइ कसैले पनि नराम्रो भन्न सक्दैन । कथालाई यथार्थको घटनालाई झै पाठकको मस्तिष्कमा गहिरो गरि प्रवेश गराउन सक्ने लेखकको प्रमुख विशेषता मान्नु पर्दछ । युवा जीवनको वरिपरि घुमिरहने यस कथाले युवा पुस्तालाई राम्रैस“ग सम्बोधन गरि आफ्नो मूल ध्येयबाट बिचलित भएको छैन ।
“कमसेकम मलाई सोच्नलायक एक गहकिलो सामग्री थियो बाटै भरी ।”, “लोग्ने मान्छे भएर पनि किन आईमाईले जस्तो कुरा गरि’रा ?” जस्ता स्त्री जातिको अस्तित्वलाई न्याय प्रदान गर्न नसकेका प्रशस्तै वाक्यहरु पुस्तकको आधाआधी भागसम्म भेट्न सकिन्छ । लेखकले पुरुष भन्दा महिला पात्र सायालाई शक्तिशाली रुपमा पस्तुत गर्दागर्दै पनि उक्त लिङ्ग प्रति कतिपय ठाउ“मा अनुदार देखिन्छन् । कथाको वियोगान्तक पक्षको पक्षपोषक पनि महिला पात्रलाई बनाइएको छ । मन छुने यस प्रेम कथामा स्त्री पात्र सायाको कथालाई या भनौं उसको मनको भावनालाई सुरुबाट नै अस्पष्ट पार्दै कथालाई अगाडी बढाइन्छ र उत्तरार्धमा झनै अस्पष्ट पारेर अन्त्य गरिन्छ । प्रेममा समस्या देखाइएको छ तर समस्याको जडलाई लुप्त नै राखि उपन्यास समाप्त हुन्छ । पहिलो व्यक्ति अतितको दृष्टिकोण अनुसार सम्पूर्ण अन्य पात्रहरुको चरित्रलाई कथामा प्रस्तुत गरिएको छ त्यस कारण अन्य पात्रहरुप्रति उचित मूल्याकंन हुन नसकेको भान हुन्छ, कति कति बेला । जब अतित र अस्मिताको यौन सम्बन्धले कथामा स्थान पाउ“दछ तब कथामा अलि बढि मसला थपिए जस्तो लाग्दछ ।
यस उपन्यायसले सामान्य प्रेम सम्बन्धलाई रोमाञ्चक रुपमा प्रस्तुत गरेको छ तर त्यो अधुरो छ । सायद लेखको चाहना ओपनइन्ड गर्ने भएर पनि यस्तो भएको हुन सक्दछ । नितान्त मनोरञ्जनका लागि यो पुस्तक उपयुक्त छ । कुनै पनि प्रकारका सामाजिक, आर्थिक, दार्शनिक, वैचारिक वा इतिहासिक पक्षहरुको उपन्यासमा उपस्थिति छैन । युवा पुस्ता त्यसमा पनि भर्खर अध्ययनको रुची राख्ने वर्गका लागि यो कृति उत्तम बन्न सक्दछ । यस पक्षमा नै लेखक आफ्नो उद्देश्यप्रति सफल रहेको देखाउ“छ ।
नितान्त मनोरञ्जनका लागि जो सुकै व्यक्तिले अध्यायन गर्न लायक यस कृतिका लागि महत्वपूर्ण समय खर्चिरहनु आवश्यक नहुन पनि सक्दछ ।